दफा १३८
विशेष अवस्थामा अधिकार प्रयोग गर्ने अधिकृतहरू
(१) यस ऐनको क्षेत्राधिकारभित्र पर्ने व्यक्तिहरूले नेपाली सेनाको कुनै एकाइमा रहने संख्याभन्दा बढी संख्या भएको कुनै  सैनिक सङ्गठनका कमाण्डिङ्ग अधिकृतको अधीन काम गरिरहेको बखत त्यस्तो व्यक्तिहरू उपर कमाण्डिङ्ग अधिकृतको अधिकार प्रयोग गर्ने गरी नेपाल सरकारले यो ऐन अन्तर्गत सेना, चमु, पृतना तथा वाहिनीको अधिकृतलाई निमित्त मुकर्रर गर्न सक्नेछ ।
(२) नेपाल सरकारले उपदफा (१) बमोजिम मुकर्रर गर्दा यस ऐन अन्तर्गत सबै  वा केही अधिकार, सीमा, अपवाद र शर्तहरू तोक्न सक्नेछ ।